तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनका दिन केही स्थानमा वर्षा हुने पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका दिन देशभर आंशिक वर्षा हुने जनाएको छ ।

file photo

मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गरी महाशाखाले त्यस दिन बिहान ६ बजेदेखि साँझ ६ बजे बिचमा प्रदेश १, मधेश र बागमती प्रदेशमा सामान्य तथा अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button