तपाईँ सुन्दै हुनुहुन्छः

आज र भोलि दुई दिन काठमाडौँ र भक्तपुरका प्रशासनिक सेवा प्रभावित हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले यही आज र भोलि (वैशाख २८ र २९ गते) कार्यालयको सेवा प्रभावित हुने जनाएको छ ।  

“‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ”, दुवै प्रशासन कार्यालयद्वारा जारी गरिएको सूचनामा जनाइएको छ । 

यही वैशाख ३० गते एकै दिन मुलुकका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ । 

IMG_20220510_0001.jpg
IMG_20220510_0001_page_0001.jpg

प्रतिक्रिया राख्नुहोस्

Back to top button