अछाममा लडेर एक जनाको मृत्यु

अछाम । अछाम जिल्लामा लडेर घाइते भएका एक जनाको जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ ।
जिल्लाको ढकारी गाउँपालिका वडा नं. ५ का शेर बहादुर बुढाका ३५ वर्षीय छोरा जिते बुढाको उपचारको क्रममा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । ढकारी गाउँपालिकाको राक्सीखान भन्ने ठाउँबाट घर जाने क्रममा बाटो बाट १३ मिटर तल खसेर बुढा गम्भीर घाइते भएका थिए ।
बुढाको टाउको चोट लाग्नुका साथै दायाँ खुट्टा समेत भाँचिएपछि उपचारका लागि जिल्ला अस्पताल अछाममा पुर्याइएको थियो । उपचारको क्रममा उहाँको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी रविराज थपलियाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्