तपाईँ सुन्दै हुनुहुन्छः

उम्मेदवारका चुनावी प्रचारप्रसारका सामाग्री हटाउन राजनीतिक दललाई आग्रह 

टीकापुर, कैलाली । निर्वाचन अधिकृतको कार्यालय टीकापुरले उम्मेदवारका चुनावी प्रचारप्रसार सामाग्री हटाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ । आज राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन अधिकृत पुष्कर खड्काले निर्वाचन स्थल वरपर रहेका तथा गाउँघरमा टाँसिएका पर्चा, पम्पलेट र झण्डाहरु हटाउन राजनीतिक दलहरूलाई आग्रह गर्नु भएको छ । 

आग्रहलाई स्विकार्दै राजनीतिक दलका प्रतिनिधिहरूले आ–आफ्नो पार्टीको तर्फबाट टाँसिएका पर्चा, पम्पलेट चाँडै हटाउने प्रतिबद्धता जनाएका छन् । 

छलफलका क्रममा निर्वाचन अधिकृत खड्काले पहिले उम्मेदवारलाई जिल्ला प्रशासनबाट पास दिने व्यवस्था गरिएकोले अलि झन्झटिलो भएको र अहिले निर्वाचन अधिकृतको कार्यालयबाट नै पास दिने दिने व्यवस्था गरिएकोले सजिलो भएको बताउनु भयो । 

सवारी साधनको पास लिएका उम्मेदवारको हकमा वडाका उम्मेदवारहरूले वडा भित्र मात्र र प्रमुख तथा उप–प्रमुखका उम्मेदवारले नगरपालिका भित्र सवारी साधन चलाउन पाउने निर्वाचन अधिकृत खड्काले बताउनु भयो ।  

५२ हजार ८७२ मतदाता रहेको टीकापुर १६ वटा मतदान स्थल र ५७ ओटा मतदान केन्द्र राखिएका छन् । ती मतदान स्थलमा आजदेखि कर्मचारी तथा सुरक्षाकर्मीहरू खटिसकेका र भोलि र पर्सी मतदाता परिचय पत्र वितरण गरिने उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button