कैलाली र कञ्चनपुर स्थित नेपाल–भारत सिमानाका आज रातिदेखि बन्द
धनगढी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कैलाली र कञ्चनपुर स्थित नेपाल–भारत सिमानाका आज रातिदेखि बन्द (सिल) गरिने भएको छ । भारतसँग सिमानाका जोडिएका कैलालीको त्रिनगर–गौरीफन्टा, खक्रौला र कञ्चनपुरको गड्डाचौकी सहितका सम्पूर्ण नाका ७२ घण्टाका लागि बन्द हुने स्थानीय प्रशासनले जनाएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि वैशाख २७ गते राती १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते राती १२ बजेसम्मका लागि सिमानाका बन्द गरिने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनु भयो ।
खुला सिमानाका कारण निर्वाचनका समय सुरक्षा चुनौतीको आङ्कलन गरी सिमानाकामा बन्द गर्न नेपाल भारत दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारी सहमत भएको बताइएको छ ।
यसैबीच कैलालीमा वैशाख २७ गते राती देखि मतगणनाको अन्तिम परिणाम घोषणा नभए सम्मका लागि जिल्लाभर मदिरा सेवन, बिक्री वितरण तथा ओसारपसारमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्