तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर १ जनाको मृत्यु

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

काठेखोला गाउँपालिका–४ तंग्रामका ५५ वर्षीय जग बहादुर किसानको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको हो ।

शनिवारदेखि सम्पर्कविहीन भएका किसान खोजतलासको क्रममा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

मादक पदार्थ सेवन गरेर हिँड्ने क्रममा किसानको लडेर मृत्यु भएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button