भोजपुरमा मदिराजन्य पदार्थ सेवन तथा बिक्री वितरणमा रोक

भोजपुर । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दे जिल्ला प्रशासन कार्यालय भोजपुरले मदिराजन्य पदार्थ सेवन तथा बिक्री वितरणमा रोक लगाएको छ ।
जिल्ला निर्वाचन सुरक्षा समिति भोजपुरको बैठकले आगामी २७ गते राती १२ बजेदेखि निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभसम्मको लागि मादक पदार्थको सेवन तथा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रशासकीय अधिकृत राम प्रसाद दाहालले जानकारी दिनुभयो ।
मादक पदार्थका कारण निर्वाचनको समयमा कुनै पनि समस्या नदेखियोस् भन्नका लागि यो निर्णय गरिएको प्रशासकीय अधिकृत दाहालको भनाई रहेको छ ।
स्थानीय तह निर्वाचन को सन्दर्भमा निर्वाचन सुरक्षा निर्देशिका २०७८ को परिच्छेद २ दफा छ (थ) बमोजिम यो निर्णय भएकाले प्रशासनबाट जारी सूचना विपरीत कार्य भएमा कानुन बमोजिम कारबाही गरिने दाहालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्