तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीले लिनुभयो निर्वाचन सुरक्षा व्यवस्थाबारे जानकारी

File Photo

धनगढी । प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचन सुरक्षा व्यवस्थाबारे जानकारी लिनुभएको छ ।

गृह क्षेत्र धनगढीमा रहनुभएका प्रधानमन्त्री देउवाले सुरक्षा अधिकारीसँग शान्ति सुरक्षा व्यवस्था लगायतका विषयमा जानकारी लिनुभएको हो । 

प्रधानमन्त्रीले स्थानीय तह निर्वाचनको तयारी, सुरक्षा अवस्था, निर्वाचन सुरक्षा व्यवस्था बारे जानकारी लिनु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो । 

प्रधानमन्त्री देउवाले आज दिउसो धनगढीमा चुनावी आमसभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । 

आइतबार धनगढी आइपुग्नुभएका प्रधानमन्त्री देउवाले भोलि मंगलबार डडेलधुरामा चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको नेपाली काँग्रेस सुदूरपश्चिम कार्य समिति कोषाध्यक्ष उत्तम कठायतले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button