तपाईँ सुन्दै हुनुहुन्छः

जिम्बावे विरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो

काठमाडौँ । जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर ३३ ओभरमा झारिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । 

दुवै टोली आफ्नो अन्तिम खेलमा विजयी हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रदैछन् । एक दिवसीय सिरिज एक–एकको बराबरीमा सकिएको थियो । पहिलो खेलमा जिम्बावे ‘ए’ ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपालले नौ विकेटको जित हात पारेको थियो । 

त्यसअघि तीन टी ट्वान्टी सिरिज पनि भएको थियो । सो खेल एक–एकको बराबरीमा सकिएको थियो भने एक खेल वर्षाका कारण रोकिएको थियो । 

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button