विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ ।
आज कैलालीको हसुलियामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म अनुरूप उम्मेदवारी दिएका पार्टीका उम्मेदवारलाई जिताउन अपिल गर्दछु, भन्नुभयो ।
माओवादी केन्द्रका लागि बेइमानी र षडयन्त्र स्वीकार्य नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दलीय सहमति विपरीत काँग्रेसले दिएको उम्मेदवारी खारेज गर्नुपर्ने बताउनुभयो ।
गठबन्धनको भावना विपरीतका उम्मेदवारी खारेज नहुने हो भने माओवादी केन्द्र एक्लै निर्वाचन लड्नुपर्छ भन्दै उहाँले पार्टीका सबै उम्मेदवारलाई विजयी गराउन आह्वान गर्नुभयो ।
प्रचण्डले आजै धनगढीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्