तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि एमालेको अपिल

काठमाडौँ । नेकपा एमालेले आसन्न निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई विजयी गराउन मतदाताहरूलाई अपिल गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि एमाले उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्नुभएको हो ।

करिब दश वर्ष सरकारमा रहँदा एमालेले जनहितमा थुप्रै राम्रा काम गरेको उल्लेख गर्दै उहाँले नेपाली जनताको आकाङ्क्षा, सुख र समृद्धिका लागि अझै दुई अवधि एमालेलाई विश्वास गर्न आग्रह गर्नुभयो । 

अध्यक्ष ओलीले काँग्रेसले लामो समय सरकारमा रहँदा पनि जनहितका कामहरू नगरेको तर्क गर्दै काँग्रेसले एमालेसँग सहकार्य गर्न समेत नचाहेको समेत बताउनुभयो । 

उहाँले अन्य पार्टीसँग मुलुकको विकासका लागि स्पष्ट योजना, नीति तथा कार्यक्रम, स्पष्ट परराष्ट्र नीति नभएको उल्लेख गर्दै  एमालेसँग नेपाललाई सर्वश्रेष्ठ मुलुक र सुखी नेपाली बनाउने स्पष्ट नीति र योजना रहेको दाबी गर्नुभयो । 

उहाँले निर्वाचन आयोगको मतपत्रको रङ फेर्नेलगायतका निर्णयहरूप्रति असन्तुष्टि जनाउँदै आयोगले कुनै दल विशेषलाई फाइदा पुग्ने गरी निर्णय लिन नहुने समेत बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button