तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँमा गठबन्धनको चुनावी सभा सुरु

काठमाडौँ । स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट राजधानी काठमाडौँमा आयोजना गरिएको चुनावी सभा सुरु भएको छ ।

राजधानीको रत्नपार्कमा सुरु यस सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर गठबन्धनले देशव्यापी संयुक्त आमसभा गरिरहेका छन् । बिहीबार मात्रै गठबन्धनले चितवनको भरतपुरमा चुनावी सभा आयोजना गरेको थियो । 

काठमाडौँमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवारमा सिर्जना सिंह हुनुहुन्छ ।

सभालाई नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button