तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा स्थानीय तह निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा, सबैलाई स्वतन्त्रको डर

टीकापुर कैलाली । कैलालीको टीकापुर नगरपालिकामा स्थानीय तह निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । 

नेकपा एमाले, गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबिच प्रतिस्पर्धा देखिएको छ । 

नेकपा एमालेबाट श्याम खत्री, गठबन्धनबाट नवराज रावल र नागरिक उन्मुक्ति पार्टीबाट रामलाल डगौरा थारु प्रमुख पदका उम्मेदवार बन्नुभएको छ । 

उहाँहरुबीच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ भने स्वतन्त्र उम्मेदवार ललितबहादुर थापा पनि प्रचारप्रसारमा जोडतोडका साथ लाग्नुभएको छ । 

गठबन्धनलाई हराउनको लागि मेरो उम्मेदवारी भन्दै प्रमुख पदमा उम्मेदवारी दिनुभएका थापा अहिले गठबन्धनलगायत अन्य पार्टीका उम्मेदवारका लागि पनि चुनौतीका रुपमा देखिनुभएको छ । 

थापाले सबै पक्षका मत काट्ने सङ्केत देखिएपछि सबै प्रमुख पदका उम्मेदवारहरू त्रसित भएका छन् । 

नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले नगरपालिकाका ९ वटै वडामा ४७ वटै पदमा आफ्ना उम्मेदवार उठाएको छ । गठबन्धनले पनि वडा नम्बर १ बाहेक अन्य वडामा गठबन्धन गरेको छैन । सबैले आ–आफ्नै उम्मेदवारहरू उठाएको छ । 

राजनीतिक दल र स्वतन्त्र गरी २ सय ६९ उम्मेदवार रहेको टीकापुर नगरपालिकामा अहिले सबै उम्मेदवारहरूले आ–आफ्ना चुनावी एजेण्डासहित प्रचारप्रसारमा जुटेका छन् । उनीहरूले घरदैलो र मतदाता शिक्षासहित प्रचारप्रसार गरिरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button