पाल्पामा बोलेरो जिप दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

पाल्पा । पाल्पामा बोलेरो जीप दुर्घटना एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज दिउँसो करिब पौने पाँच बजेको समयमा बुटवलबाट रामपुरतर्फ आउँदै गरेको लु १ च ७७८० नम्बर डवल क्याप बोलेरो जिप पाल्पाको तिनाउ गाउँपालिका ५ चर्चरेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि जीप धनी रामपुर नगरपालिका ३ बस्ने बर्ष ४३ का सूर्यप्रसाद श्रेष्ठको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
दुर्घटनामा परि घाइते हुनेहरूमा जिप चालक निस्दी गाउँपालिका ४ का २७ वर्षीय खेम बहादुर खाम्चा र रामपुर नगरपालिका ३ बस्ने बर्ष ४६ का टुक नारायण श्रेष्ठ रहेका छन् ।
घाइतेहरूको लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब ३ सय मीटर तल खोलामा खसेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्