तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशमा निर्वाचन आचारसंहिताको उल्लङ्घन अत्यधिक भएकोमा सरोकारवालाको चिन्ता   

जनकपुरधाम । मधेश प्रदेशका जिल्लासम्म निर्वाचन आचार सहिताको व्यापक मात्रामा उल्लङ्घन गर्ने काम भइरहेकोले यसको नियन्त्रणमा सरोकारवाला निकायको ध्यान जानुपर्ने आवश्यकतामा जोड दिनु भएको छ ।  

संवाद समूह मधेश प्रदेशको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको “निर्वाचन आचारसंहिता र सञ्चारकर्मीको भूमिका” विषयक संवाद कार्यक्रममा बोल्दै सहभागीहरूले सप्तरी देखि पर्सा जिल्लासम्ममा निर्वाचन आचार सहितको उल्लङ्घन अत्यधिक मात्रामा भइरहेको बताउनु भयो । 

सहभागीहरूले गाउँ वस्तिमा प्रचार सामाग्रीहरू जता ततै सार्वजनिक स्थलहरूमा टाँस्ने तथा झुण्ड्याउने काम गरेका गाउँ वस्तिहरू फोहर बनिरहेका भन्दै यसमा रोक लगाउन आवश्यक भएको बताउनु भयो । 

सहभागी वक्ताहरूले डिजे तथा हर्नको प्रयोग अत्यधिक मात्रामा भएकाले सर्वसाधारणमा मानसिक तनावको अवस्था आएकाले हर्नको प्रयोगमा नियन्त्रण गरेर निर्वाचन आचार सहिताको पालन गर्न लगाउन आवश्यक भएको बताउनु भयो । 

मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले पत्रकारहरू पनि आफै  निर्वाचन आचार सहिताको पालना गरेर अरूलाई पालना गर्नका लागि दबाब दिन जरुरी रहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा मिडिया काउन्सिलका सदस्य वन्दना झाले गरेको पाेष्टको विषयमा काउन्सिलको बैठक बसेर कारबाही गर्ने बताउनु भयो । 

आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले सप्तरी देखि पर्सा जिल्लासम्म आचार सहितको उल्लङ्घनको घटना अत्यधिक मात्रामा भइरहेकोमा चिन्ता व्यक्त गर्दै डी जे आतङ्क रोक्नका लागि स्थानीय प्रशासनसँग आग्रह गर्नु भयो । 

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाले धनुषाबाट ६ जना पत्रकारले महासङ्घका सदस्य सदस्यता त्याग नगरेर उम्मेदवार बनेकाले उनीहरूको सदस्यता चाडै खारेज गर्नका लागि जिल्लाले निर्णय गरेर केन्द्रमा पठाउने बताउनु भयो । 

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले निर्वाचन आचार सहितको उल्लङ्घन पत्रकारहरूबाट पनि भइरहेकोमा चिन्ता व्यक्त गर्दै यस्ता पत्रकार माथि कारबाही गर्न आवश्यक भएको बताउनु भयो । कार्यक्रमको संयोजन पत्रकार नित्यानन्द मण्डलले गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button