तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर एक जनाको मृत्यु 

सल्यान । सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी अन्दाजी ४० वर्षीया तिलसरी घर्ती मगरको भिरबाट लडेर बिहीबार बिहान मृत्यु भएको हो । 

आफन्तको विवाह घरबाट फर्कने क्रममा सिद्ध कुमाख गाउँपालिका ४ मा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घर्तीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button