सार्वजनिक शिक्षा सुधारका लागि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने

काठमाडौँ । विद्यालय शिक्षा सुधारकका लागि स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने सरोकारवालाहरूले बताएका छन् ।
शिक्षा पत्रकार समाजले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विवेकशील साझा पार्टीबाट काठमाडौँ महानगरपालिकामा मेयर पदको उम्मेदवार रहनुभएकी समीक्षा बास्कोटाले सार्वजनिक शिक्षाको अधिकार स्थानीय तहमा भएकाले शैक्षिक सुधारको दायित्व पनि स्थानीय तहकै रहेको बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु भण्डारीले कतिपय स्थानीय तहले शिक्षकलाई समयमा तलब दिन समेत नसकेको बताउनुभयो ।
कार्यक्रममा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालका अध्यक्ष राजेश शर्माले शिक्षकले राजनीतिक दलको झण्डा बोकेर बालबालिका विरुद्ध कसुर गरिरहेको बताउनुभयो ।

त्यसैगरी बाल अधिकारकर्मी डा.कृष्ण सुवेदीले शिक्षाको मुद्दा राजनीतिक दलहरूको मुख्य विषय बन्न सके मात्रै शिक्षामा नयाँ आयमा थप्न सकिने बताउनुभयो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका केन्द्रीय अध्यक्ष कृष्ण थापाले स्थानीय तहको निर्वाचनमा घोषणा पत्रमार्फत शिक्षामा सुधार ल्याउने एजेन्डा बोक्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्