तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षा प्रबन्धमा विशेष संवेदनशील बन्न राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीसँग भेटवार्ता गर्नुभएको छ ।

शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति भण्डारीले वैशाख ३० मा सम्पन्न हुने निर्वाचनको तयारीबारे जिज्ञासा राख्नुभएको थियो ।

File Photo

राष्ट्रपति भण्डारीले मतदाताहरूले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्बाध रुपमा मतदान गर्न पाउने हक अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्न उपयुक्त वातावरण बनाउन सुझाव दिनुभएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा प्रबन्धमा विशेष संवेदनशील बन्न आयोगलाई आग्रह गर्नुभयो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button