धनुषामा गाडीले ठक्कर दिँदा वरिष्ठ प्रहरी हवल्दारको मृत्यु

जनकपुरधाम । धनुषामा गाडीको ठक्करबाट वरिष्ठ प्रहरी हवल्दारको घटनास्थलमा नै मृत्यु भएको छ ।
गाडीको ठक्करबाट इलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पूर्वपश्चिम लोक राजमार्ग अन्तर्गत धनुषाको ढल्केवरचोकमा ड्युटी सकाएर कार्यालयतर्फ पैदल जाँदै गर्दा प्रहरी वरिष्ठ हवल्दार पराजुलीलाई इलाका प्रहरी कार्यालयकै अगाडी नम्बर नखुलेको गाडीले ठक्कर दिएर फरार भएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।
राति १२ बजेको समय भएको र अँध्यारो भएकाले ठक्कर दिने सवारी साधन फरार भएपनि प्रहरीले दुर्घटनाको अनुसन्धान गरेर फरार भएका गाडीको खोजी गर्ने कार्य भइरहेकाले चाडै पक्राउ पर्ने प्रहरी उपरीक्षक रजौरेले जानकारी दिनु भयो ।
उहाँले सिसिटिभी क्यामेरामा ठूलो गाडी ट्रक वा मालवाहक ट्याङ्करले ठक्कर दिएको हुन सक्ने प्रहरीको अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका वडा नंं ५ स्थायी घर भएका प्रहरी वरिष्ठ हवल्दार पराजुली तीन महिनाअघि इलाका प्रहरी कार्यालय ढल्केवरमा सरुवा भएर आएका थिए ।
मृतकको प्रहरीको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्