राखेपका पूर्व सदस्य एमालेमा प्रवेश

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ का युवा नेता एमालेमा प्रवेश गर्नुभएको हो । नेपाली काँग्रेस तरुण दलका पूर्व क्षेत्रीय सभापति निरन खड्का एमालेमा प्रवेश गर्नुभएको छ ।
ललितपुर महानगरपालिका–१८ निवासी खड्का दशक लामो खेलकुदमा आबद्ध हुनुभएको थियो । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य रहनुभएका खड्का ताइक्वान्डोको मार्शल आर्ट हुनुहुन्छ । नेपाल मार्शल आर्ट्स महसंघका पुर्वअध्यक्ष, भैसेपाटीको ओम ताइक्वान्दो डोजाङका संस्थापक अध्यक्ष रहनुभएका उहाँ ६ डान हुनुहुन्छ ।
उहाँलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराउनुभएको थियो । ललितपुरको राजनीतिमा ख्याति कमाउनु भएका नेता पार्टीको महाअधिवेशन प्रतिनिधि, ०५८ देखि ०६२/०६३ को जनआन्दोलन सम्म ६ वर्ष तत्कालीन सैबुगाउँ कमिटी तरुण दलको अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
पार्टीमा प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–तपाईँलाई पार्टीले उचित जिम्मेवारी दिनेछ । अहिलेको अवस्थामा तपाईँको भूमिका महत्त्वपूर्ण रहनेछ ।
उहाँले एमालेको नीति र सिद्धान्त मन परेको कारण पार्टी प्रवेश गरेको बताउनुभयो । पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपाल, पार्टी केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, केन्द्रीय सदस्य बाबुराम थापा, प्रदेश सांसद एवं पूर्व प्रदेशमन्त्री जीवन खड्का एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यको उपस्थिति रहेको थियो । खड्का एमाले प्रवेश गर्नु अघि जिल्लाका उच्च नेतृत्वसँग छलफल गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्