तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री राउतद्वारा इद उल फित्रको शुभकामना

काठमाडौँ ।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व इल उल फित्रले मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिवृद्धि गरोस् भन्ने कामना गर्नुभएको छ ।

इद उल फित्र पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले भाइचाराको महत्त्वपूर्ण पर्व इल उल फित्र हर्षाेल्लासका साथ मनाउन आग्रह गर्नुभयो । मुख्यमन्त्री राउतले मुलुकवासी तथा प्रदेशवासीहरूको सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभएको छ । इल उल फित्रका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button