लोडर दुर्घटना हुँदा दुई चिनियाँ नागरिकको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा लोडर दुर्घटना हुँदा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
तराई काठमाडौँ जोड्ने द्रुतमार्ग निर्माण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
द्रुतमार्ग अन्तर्गत मकवानपुरको बकैया–११ घट्टेपाख र लेनडाडाँ नजिक लोडर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । द्रुतमार्ग काम गरिरहेको लोडर एक्कासि सिमात खोलमा खस्दा लोडरमा रहेका ६ जना मध्य दुई जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
घाइते र मृतक उक्त कार्यमा काम गर्ने चिनियाँ नागरिक रहेको कार्कीले जानकारी दिनुभयो । घाइतेलाई उद्धार गरी हेटौँडा ल्याइएको जनाइएको तथा मृतक र घाइतेको पहिचान खुलिनसकेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्