तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारी कार्य सूचना प्रविधिसँग जोड्न प्रयास भइरहेको छ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सरकारी कार्य प्रणालीमा सूचना प्रविधिको उपयोगमा जोड दिने बताउनुभएको छ ।

‘प्रविधि’ नामक कृतिको आज काठमाडौँमा विमोचन गर्नुहुँदै सचिव अर्यालले सूचना प्रविधिको विकासले दैनिक जीवनमा सहजता ल्याउने हुँदा आफ्नो कार्यालयको ९० प्रतिशत काम डिजिटल प्रणालीबाट (प्रविधिमैत्री) गर्न थालिएको बताउनुभयो ।

समग्र व्यापारिक प्रणालीलाई डिजिटल बनाउन सकिएमा उत्पादनका साथै वितरण प्रणाली सहज हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button