आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गर्न काँग्रेसको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक रहेका पार्टी सदस्यलाई आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गर्न आग्रह गरेको छ ।

उम्मेदवारी दिएका सदस्यहरूले सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन काँग्रेसले आज विज्ञप्ति जारी गरी अपिल गरेको छ ।
वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउने कार्यमा सहयोग गर्न पनि नेपाली काँग्रेसले निर्देशन गरेको छ ।
निर्वाचन आयोगले यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्