इदको अवसरमा मङ्गलवार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले मङ्गलवार सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम उक्त बिदा भोलि मङ्गलवार कायम भएकाले बिदा दिइएको गृह मन्त्रालयले एक सूचनामार्फत जानकारी दिएको हो ।
मिति २०७८।११।२६ मा प्रकाशित नेपाल राजपत्रमा इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था प्रकाशित भइसकेको छ ।









प्रतिक्रिया राख्नुहोस्