स्थानीय निर्वाचन सशक्त ढङ्गबाट सम्पन्न गर्नुपर्नेमा जोड
हेटौँडा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियताको संवर्द्धन गर्न र संसदीय प्रजातन्त्रलाई जीवन्त पार्न यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सशक्त ढङ्गबाट सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।

एक सय ३३औँ अन्तर्राष्ट्रिय मे दिवसका उपलक्ष्यमा एमाले मकवानपुरले आज हेटौँडामा आयोजना गरेको आमसभामा उहाँले जनताको मौलिक हकलाई प्रत्याभूत गर्न र आवश्यक भौतिक पूर्वाधारको सुविधा उपलब्ध गराउन जनताबाट निर्वाचित भई आएका प्रतिनिधिहरूको इमानदारिता आवश्यक रहेको उल्लेख गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्