कालिकोटमा टेलिफोन सेवा अवरुद्ध
मान्म । कालिकोटमा शुक्रवार राति आएको हावाहुरीका कारणले कालिकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।
हावाहुरीका कारणले टेलिफोनका टावर भत्किँदा र सोलार प्लान्टमा समस्या आएका कारणले जिल्लाभर फोन सेवा अवरुद्ध भएको हो ।
टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट र तिलागुफा नगरपालिका, नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, र शुभकालिका गाउँपालिका सम्पर्क विच्छेद भएका छन् ।
जिल्लामा टेलिफोन सेवा सुचारुका लागि आवश्यक जनशक्ति र सामान बाहिरबाट मगाइएको नेपाल टेलिकम जिल्ला शाखा कार्यालय कालिकोटले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्