चुनावी तालमेल अपवाद बाहेक सफल: नेपाली काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलबिच भएको चुनावी तालमेल अपवाद बाहेक सफल भएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले स्थानीय तहको निर्वाचनमा तालमेल सफल भएको दाबी गर्नुभयो ।
प्रवक्ता डा. महतले अपवाद बाहेकका ठाउँमा पार्टीको निर्णयलाई काँग्रेसका नेता कार्यकर्ताले स्वीकार गरेको बताउनुभयो ।
प्रवक्ता डा. महतले कतिपय पालिकामा काँग्रेसको मतदाता धेरै भएकाले अरूलाई किन प्रमुख दिएको भन्ने विचार भने आइरहेको बताउनुभयो ।
प्रवक्ता डा. महतले अझै विद्रोही उम्मेदवार रहेका एकाध स्थानीय तहमा पार्टीका नेता कार्यकर्ता पनि बिस्तारै पार्टी र गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनुहुने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्