डडेलधुरामा मतदान नमुना अभ्यास
डडेलधुरा । डडेलधुरा जिल्ला सदरमुकाममा आज मतदान नमुना अभ्यास गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय डडेलधुराको आयोजनामा मतदान नमुना शिक्षाको प्रचारप्रसार गर्ने कार्यक्रम अन्तर्गत सदरमुकामको बसपार्कमा मतदान नमुना अभ्यास गराएको हो ।

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्याय पङ्गेनीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको नमुना मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सुरक्षा निकायका प्रमुख र मतदाताहरूको सहभागिता थियो ।
३० पुरुष र २० महिला मतदानमा सहभागी भएको निर्वाचन कार्यालयका प्रमुख करुणाकर अबस्थीले जानकारी दिनुभयो ।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मत बदर नहोस् भन्ने उद्देश्यका साथ नमुना मतदान अभ्यास गरिएको बताइएको छ ।
खसेको मतमध्ये ९८ प्रतिशत मत सदर भएको निर्वाचन कार्यालय डडेलधुराका प्रमुख अबस्थीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्