तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा १७३ मतदान स्थल 

रोल्पा । यहीँ वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको लागि रोल्पामा १७३ वटा मतदान स्थल केन्द्रहरू निर्धारण गरिएको छ । 

त्रिवेणी गाउँपालिकामा १९ वटा, थवाङ गाउँपालिकामा १० वटा, परिवर्तन गाउँपालिकामा, १६ वटा, माडी गाउँपालिकामा १४ वटा, रूण्टिगढि गाउँपालिकामा २२ वटा, रोल्पा नगरपालिकामा २४ वटा, लुङ्ग्री गाउँपालिकामा १८ वटा , गङ्गादेव गाउँपालिकामा १४ वटा, सुनछहरी गाउँपालिकामा १४ वटा र सुनिलस्मृति गाउँपालिकामा २२ वटा  मतदान स्थल केन्द्रहरू रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button