जनकपुरबाट आचारसंहिता विपरीतको प्रचार सामाग्री हटाइयो

जनकपुरधाम । निर्वाचन अधिकृतको कार्यालयहरूले धनुषा जिल्लाका विभिन्न पालिकाहरूमा रहेको निर्वाचन आचारसंहिता विपरीतको प्रचार सामाग्रीहरू हटाउने काम भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको सार्वजनिक स्थलहरू भानु चौक, थापा चौध, शिवचौक, स्टेशन एरिया, रामचौक, जानकी चौक सहितका सडक पेटीमा भएको प्रचार सामाग्रीहरू हटाउने काम भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकाको खजुरीमा रहेका प्रचार सामाग्रीहरू पनि हटाउने काम भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनु भएको छ ।
मूल सडकमा नेपाली काँग्रेस, नेकपा एमाले, जनमत पार्टी, राजपा तथा लोसपा सहितका पार्टीहरूले तुल, पताकाहरु झुण्डयाउने काम गरेका थिए । प्रहरी परिचालन गरेर निर्वाचन अधिकृतको कार्यालयहरूले आचारसंहिता विपरीतको प्रचार सामाग्रीहरू हटाउने काम भएको पछि सडक पेटी सफा देखिएको छ ।
धनुषा जिल्लाका अधिकांश पालिकाको सार्वजनिक स्थलमा भएको निर्वाचन आचारसंहिता विपरीतको प्रचार सामाग्रीहरू हटाउने काम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्