कीभको सुरक्षा ग्यारेन्टरका रूपमा चीनको सम्भावना : युक्रेनी विदेशमन्त्री
युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले कीभले चीनलगायत संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का सदस्यहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाको अध्ययन गरिरहेको बताएका छन्।
चीनको सरकारी स्वामित्वको सिन्ह्वा समाचार एजेन्सीसँगको अन्तर्वार्तामा कुलेबाले सुरक्षा आश्वासनसम्बन्धी बुडापेस्ट ज्ञापनपत्र युक्रेनलाई वास्तविक सुरक्षाको ग्यारेन्टी गर्न असफल भएको बताए। कुलेबाका अनुसार रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि युरोपको सुरक्षामा सुधार हुनेछ ।
युक्रेनी विदेशमन्त्रीले सिन्ह्वालाई बताएअनुसार कीभले अब युएनएससीका स्थायी सदस्यहरू र चीनलगायत अन्य प्रमुख शक्तिहरूबाट सुरक्षा ग्यारेन्टीहरू प्राप्त गर्ने सम्भावनाहरू खोजिरहेको छ र बेइजिङलाई युक्रेनको सुरक्षा ग्यारेन्टरहरू मध्ये एक बन्न प्रस्ताव गरिरहेको छ।
उनले थपे बेइजिङले युक्रेनमा युद्ध विरामको पहल गर्न रुसलाई आह्वान गर्ने कीभले आशा राखेको छ । रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य कारबाही शुरु गरेको हो । रुसले आफ्नो विशेष अपरेसनको उद्देश्य युक्रेनलाई निःशस्त्रीकरण गर्नु रहेको बताएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका जनतालाई जोगाउने लक्ष्य रहेको बताएका थिए, जो आठ वर्षदेखि कीभ शासनद्वारा दुर्व्यवहार र नरसंहारको सिकार भएका छन्।
त्यस्ता दाबीको खण्डन गर्दै पश्चिमी देशहरूले रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् । रासस








प्रतिक्रिया राख्नुहोस्