बझाङमा मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्योलमा
बझाङ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पनि बझाङमा मतदाता शिक्षा सञ्चालन हुन नसक्दा यो पटक कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरू अलमलमा परेका छन् ।
मतदाता शिक्षाको अभावमा कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरू अलमलमा परेका हुन् । जयपृथ्वी नगरपालिका १ का रामजङ्ग सिंहले आसन्न स्थानीय तहको निर्वाचनमा कसरी मतदान गर्ने भन्नेबारे आफू अनभिज्ञ रहेको बताउनुभयो । जिल्लामा मतदाता शिक्षा सञ्चालन नहुँदा आफु जस्ता धेरै मतदाता अन्योलमा परेको उहाँको भनाइ छ ।
स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्योल हुन सक्ने जानकारहरू बताउँछन् । मतदाता शिक्षा सञ्चालन नहुँदा मत बदर हुने सम्भावना बढ्ने उनीहरू बताउँछन् ।
निर्वाचन आयोगले मतदाता शिक्षाको कार्यक्रम अहिले सञ्चालन नगरेको जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकारी विमलप्रसाद गौतमले बताउनुभयो । यस्तै दलहरूले चुनावी गठबन्धन गरेकाले पनि बदर मतको सङ्ख्या बढ्न सक्ने आकलन गरिएको छ । बझाङमा १ लाख २२ हजार १३७ मतदाता रहेका छन् ।
बझाङ जिल्लाभरि १ हजार ३ सय १८ जनाको उम्मेदवारी दर्ता
बझाङ जिल्लाभरिमा प्रमुखमा एक महिलासहित ८ जना, उपप्रमुखमा १० जना, अध्यक्षमा ४४ जना, उपाध्यक्षमा ३२ जना, वडाध्यक्षमा ३ सय १७ जना, सदस्यमा ४ सय ७८ जना, महिला सदस्यमा २ सय २२८ जना र दलित महिला सदस्यमा २ सय १ जनाको मनोनयन दर्ता गरी निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट गरिएको बताउनुभयो ।
जसमा जयपृथ्वी नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, दलित महिला सदस्य, खुल्ला सदस्य, महिला सदस्य गरी १५६ जनाले उम्मेदवारी दिएका थिए । त्यस्तै बुंगल नगरपालिकामा १८९ जनाले, तलको गाउँपालिकामा ८५ जनाले, मष्टामा ९१ जनाले, साइपालमा ५४ जनाले, सुर्मामा ५५ जनाले, दुर्गाथलीमा १०७ जनाले, खप्तडछान्नामा १०५ जनाले, छविसपािथिभेरामा १०२ जनाले, केदारस्युँमा १२१ जनाले, वित्थडचिरमा १४० जनाले, थलारा गाउँपालिकामा ११३ जनाले गरी जम्मा १ हजार ३ सय १८ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
बझाङमा ११४ जनाले उम्मेदवारी फिर्ता लिए
जसमा १६ गते सम्म उम्मेदवारी फिर्ताको समय राखेको जिल्ला निर्वाचन कार्यालयले १६ गते बेलुका ५ बजे सम्म जयपृथ्वी नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष समेत गरी १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै बुंगल नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष समेत गरी २३ जनाले, तलकोट गाउँपालिकामा उपाध्यक्ष, महिला सदस्य, वडा सदस्य गरी ३ जनाले, मष्टामा गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य गरी ८ जनाले, वित्थडचिरमा वडा अध्यक्ष, महिला सदस्य, वडा सदस्य गरी ४ जनाले, थलारामा उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य गरी १२ जनाले, दुर्गाथलीमा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी ९ जनाले, सुर्मामा अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य गरी ५ जनाले, छविसपाथिभेरामा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी १२ जनाले, खप्तडछान्नामा वडाध्यक्ष, दलित महिला सदस्य, सदस्य गरी १८ जनाले, केदारस्युँमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष गरी ३ जनाले, साइपाल गाउँपालिकामा गाउँपालिकाका अध्यक्षका उम्मेदवार १ जना गरी १२ वटै पालिकाबाट ११४ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय बझाङका प्रमुख विमल प्रसाद गौतमले बताउनुभयो ।
१ हजार ३ सय १८ जनाको उम्मेदवारी परेकोमा १ सय १४ जनाले उम्मेदवारी फिर्ता लिएपछि १ हजार १९३ जनाले विभिन्न पदमा भिड्ने भएका छन् ।
उम्मेदवारी फिर्ता पछि बझाङमा पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र वडा सदस्य खुल्लामा गरी १ हजार १ सय ९३ जनाको उम्मेदवारी रहेको छ । जसमा जयपृथ्वी नगरपालिकाको प्रमुखमा ३ जना, उपप्रमुखमा २ जना, वडा अध्यक्षमा ३५ जना, महिला वडा सदस्यमा २७ जना, दलित महिला वडा सदस्यमा १८ जना, वडा सदस्य खुल्लामा ५५ जना गरी १४० जनाको उम्मेदवारी दर्ता भएको छ ।
बुंगल नगरपालिकामा प्रमुखमा ३ जना, उपप्रमुखमा ३ जना, वडा अध्यक्षमा ३६ जना, महिला वडा सदस्यमा ३० जना, दलित महिला वडा सदस्यमा ३१ जना, खुल्ला वडा सदस्यमा ६१ जना गरी १६४ जनाको उम्मेदवारी दर्ता भएको छ । साइपालमा अध्यक्षमा ४ जना, उपाध्यक्षमा २ जना, वडा अध्यक्षमा १० जना, महिला वडा सदस्यमा १० जना, दलित महिला वडा सदस्यमा ६ जना, खुल्ला वडा सदस्यमा २० जना गरी ५२ जनाको उम्मेदवारी दर्ता रहेको छ ।
तलकोटमा अध्यक्षमा ५ जना, उपाध्यक्षमा ३ जना, वडा अध्यक्षमा १६ जना, महिला वडा सदस्यमा १४ जना, दलित महिला वडा सदस्यमा १४ जना, वडा सदस्य खुल्लामा २८ जना गरी ८० जनाको उम्मेदवारी रहेको छ ।
मष्टामा अध्यक्षमा ३ जना, उपाध्यक्षमा २ जना, वडाध्यक्षमा १७ जना, महिला वडा सदस्यमा १५ जना, दलित महिला वडा सदस्यमा १४ जना, खुल्ला वडा सदस्यमा २८ जना गरी ७९ जना, सुर्मामा अध्यक्षमा २ जना, उपाध्यक्ष २ जना, वडाध्यक्षमा १० जना, महिला वडा सदस्यमा १० जना, दलित महिला वडा सदस्यमा ६ जना, वडा सदस्य खुल्लामा २० जना गरी ५० जना, छविसपाथिभेरामा अध्यक्षमा ५ जना, उपाध्यक्षमा ३ जना, वडाध्यक्षमा १९ जना, महिला वडा सदस्यमा १७ जना, दलित महिला वडा सदस्यमा १२ जना, वडा सदस्य खुल्लामा ३४ जना गरी ९० जना, दुर्गाथलीमा अध्यक्षमा ५ जना, उपाध्यक्षमा २ जना, वडाध्यक्षमा २४ जना, महिला वडा सदस्यमा १८ जना, दलित महिला वडा सदस्यमा १५ जना, खुल्ला वडा सदस्यमा ३७ जना गरी १०१ जना, खप्तडछान्नामा अध्यक्षमा ४ जना, उपाध्यक्षमा ३ जना, वडाध्यक्षमा २२ जना, महिला वडा सदस्यमा १७ जना, दलित महिला वडा सदस्यमा १९ जना, वडा सदस्य खुल्लामा ३७ जना गरी १०२ जनाको उम्मेदवारी रहेको छ ।
त्यसै गरी केदारस्युँमा अध्यक्षमा २ जना, उपाध्यक्षमा २ जना, वडाध्यक्ष ३२ जना, महिला वडा सदस्य १८ जना, दलित महिला सदस्य १८ जना, खुल्ला वडा सदस्यमा ४० जना गरी ११२ जना र वित्थडचिर गाउँपालिकामा अध्यक्षमा ४ जना, ३ जना उपाध्यक्ष, २९ वडाध्यक्ष, २५ जना महिला वडा सदस्य, २४ जना दलित महिला वडा सदस्य र खुल्ला वडा सदस्यमा ५२ जना गरी १३७ जना गरी प्रमुखमा ६ जना, उपप्रमुखमा ५ जना, अध्यक्षमा ३८ जना, उपाध्यक्षमा २४ जना, वडाध्यक्षमा २६९ जना, महिला वडा सदस्यमा २१५ जना, दलित महिला वडा सदस्यमा १९३ जना, वडा सदस्य खुल्लामा ४४३ गरी १ हजार १९३ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्