तपाईँ सुन्दै हुनुहुन्छः

झापामा १३९ जनाको उम्मेदवारी फिर्ता

झापा । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि झापामा उम्मेदवारी दिएका १३९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार शुक्रवार उम्मेदवारी फिर्ता लिने समयसम्ममा नगर प्रमुख पदमा ३ जना, गाउँपालिका अध्यक्षमा ७ जना, नगर उपप्रमुखमा २ जना, गाउँपालिका उपाध्यक्षमा ७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । वडाध्यक्ष पदमा उम्मेदवारी दिएका ५० जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने अरू सदस्य छन् ।

उम्मेदवारी फिर्ता लिनेमा नेकपा एकीकृत समाजवादीका सबैभन्दा धेरै छन् भने पालिकाहरूमा अर्जुनधाराबाट सबैभन्दा धेरैले फिर्ता लिएका छन् ।

अर्जुनधारा नगरपालिकाबाट २० जनाले, बिर्तामोड नगरपालिकाबाट १७ जनाले, मेचीनगरबाट १६ जनाले, बुद्ध शान्ति गाउँपालिकाबाट १६ जनाले, कचनकवलबाट सात जनाले, हल्दिबारीबाट ६ जनाले, भद्रपुरबाट ५ जनाले, बाह्रदशीबाट ३ जनाले, झापाबाट २ जनाले, कमल गाउँपालिकाबाट १ जनाले, गौरादह नगरपालिकाबाट ८ जनाले, गौरीगञ्जबाट ३ जनाले, दमक नगरपालिकाबाट १३ जनाले, शिवसताक्षीबाट ११ जनाले र कनकाईबाट १० जनाले फिर्ता गरेका छन् ।

झापाका १५ पालिकामा २,९१४ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button