एक युवती होटेलमा मृत फेला
कैलाली । कैलालीमा एक युवती होटेलमा मृत अवस्थामा फेला परेकी छन् ।
लम्की चुहा नगरपालिका–३ चिसापानी स्थित धमला होटेलमा भोजपुरकी करिब २५ वर्षिया रोशनी राई मृत अवस्थामा भेट्टिएकी प्रहरीले जनाएको छ ।
आज दिउँसो करिब साढे १ बजे तिर धमला होटेलको दोस्रो तलाको कोठा नम्बर २०९ मा राई मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्