चितवनका एक युवक ७० किलो गाँजासहित पक्राउ
चितवन । चितवनमा ७० किलो गाँजासहित एक युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय भन्डाराले ७० किलो गाँजासहित राप्ती नगरपालिका ३ का २६ वर्षीय सुजन श्रेष्ठ भन्ने बुद्धिलाल प्रजालाई पक्राउ गरेको हो ।

राप्ती १ परेवाकोट हुँदै गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले उनलाई आज दिउँसो पक्राउ गरेको हो । अन्य व्यक्ति भने फरार भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
खोजतलासको क्रममा ७० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्