जिम्बावे ‘ए’ विरुद्धको एक दिवसीय सिरिजका लागि टोली घोषणा
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बावे ‘ए’ विरुद्धको एक दिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले शुक्रवार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो । नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’ सँग तीन खेलको एक दिवसीय र तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । नेपालले जिम्बावे ‘ए’ विरुद्ध शनिबार पहिलो खेल खेल्दै छ ।
खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ । यस्तै दोस्रो खेल सोमबार र तेस्रो खेल बुधवार हुनेछ । टी–ट्वान्टी सिरिज वैशाख २३ देखि २६ सम्म चल्ने छ ।








प्रतिक्रिया राख्नुहोस्