निवर्तमान मेयर तामाङद्वारा उम्मेदवारी फिर्ता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिंह तामाङले मेयर पदका लागि दिनुभएको उम्मेदवारी फिर्ता लिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, चौतारामा आज आफैँ उपस्थित भएर तामाङले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी भई मेयर बन्नुभएका तामाङले यस पटक भने पार्टीबाट टिकट पाउनुभएको थिएन । उहाँको ठाउँमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ लाई पार्टीले टिकट दिएपछि उहाँले स्वतन्त्र उम्मेदवारको रुपमा मेयर पदमा उम्मेदवारी दिनुभएको थियो ।
चौतारा साँगाचोकगढी नगरपालिकामा मेयरका लागि एमालेबाट इन्द्रबहादुर नेपाल, नेपाली काँग्रेसबाट केशवराज गिरी, माओवादी केन्द्रबाट कृष्णप्रसाद सापकोटा र राप्रपाबाट सुन्तली ढुङ्गेलले उम्मेदवारी दिनुभएको छ भने स्वतन्त्रबाट कुमार श्रेष्ठ र यमबहादुर भारतीले पनि उम्मेदवारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्