तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त नगरपालिकामा तीन जना स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

कञ्चनपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारी दिएका उम्मेदवारहरूले आफ्नो उम्मेदवार मनोनयन फिर्ता लिनुभएको छ । 

मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीका अनुसार भीमदत्त नगरपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दिएका तिन वडा अध्यक्षका उम्मेदवारले राजी खुसीले लिखित सूचना दिएर उम्मेदवारी फिर्ता लिनुभएको हो । 

उम्मेदवारी फिर्ता गर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर ४ बाट भुवनेश्वरी देवी कुँवर र वडा नम्बर ५ बाट मोहन वडा कामी र नवीन भट्ट रहनुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button