तपाईँ सुन्दै हुनुहुन्छः

आर्ट फेस्टिबलमा ६२ विद्यार्थीको सहभागिता 

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले चीनको हाङचोउमा हुने एसियाली खेलकुद प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरेको छ । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले महोत्सवको  आज उद्घाटन गर्नुहुँदै चित्रकला र खेलकुदबीच नजिकको सम्बन्ध रहेको बताउनुहुँदै प्रतीकात्मक रूपमा चित्र कोर्नुभएको थियो । 

सो अवसरमा कराँतेका मन्देकाजी श्रेष्ठ र टेबल टेनिसका मुना बासुकलाले आफूले कारेको चित्र प्रस्तुत गर्नुभयो । सोही अवसरमा उहाँहरूले आफ्नो खेल खेल जीवनको अनुभवबारे पनि बताउनुभयो । 

कमिटीका वरिष्ठ उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले चित्रकलाको माध्यमबाट नेपाली खेलकुदबारे नयाँ पुस्तामा जानकारी दिन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

आर्ट फेस्टिबलमा ६२ विद्यार्थीको सहभागिता रहेको छ । 

विश्व खेलकुदका कुनै ठूलो महोत्सव अगाडि विद्यार्थी सम्मिलित यस्तो महोत्सव आयोजना गर्ने परम्परा छ । फेस्टिबलमा १७ स्कुलका विद्यार्थीको सहभागिता रहेको र सबैलाई यही आउने मङ्गलवार वैशाख २० गते प्रदर्शनमा राखिनेछ । 

फेस्टिबलमा सहभागी हुने मध्येबाट पुरुषतर्फ ५ र महिलातर्फ ५ उत्कृष्ट चयन गरी ओलम्पिक काउन्सिल अफ एसियामा पठाइने  र त्यसमध्येबाट थप छनोट गर्दै हाङचोउमा हुने प्रदर्शनमा राखिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button