तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली चिकित्सक पक्राउ

सुनसरी ।  मोरङका दुई छुट्टाछुट्टै स्थानबाट दुई जना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । 

चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानुन बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजत पत्र प्राप्त नगरेका व्यक्तिहरूले क्लिनिक सञ्चालन गरी चेकजाँच समेत गर्ने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले वैशाख १२ गते दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका १ मा रहेको  श्री राम पाईल्स क्लिनिकका सञ्चालक भारत दार्जिलिङ रानिगन्ज पानसालीका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैचा नगरपालिका ३ गछिया चौकमा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक भारत दार्जिलिङ  देवीगन्ज ग्रामपन्चायतका २९ वर्षीय सनोड मण्डल रहेका छन् । 

उनीहरूले विगत केही समयदेखि आफु चिकित्सक भएको बताउँदै अवैध रुपमा क्लिनिक सञ्चालन गर्दे आएका थिए । यसरी अवैध रुपमा क्लिनिक सञ्चालन गरी आम नागरिकहरूको स्वास्थ्यमा खेलबाड गर्ने उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उपचारमा प्रयोग गरिएको सामाग्रीसहित पक्राउ गरेको तथा मेडिकल काउन्सिलसँग समन्वय गरी ईलाज सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button