तपाईँ सुन्दै हुनुहुन्छः

बेइजिङमा वर्षा र हिमपात

बेइजिङ। चीनको संघीय राजधानी बेइजिङमा वर्षा र हिमपात भएको छ ।

वर्षा र हिमपातका कारण तापक्रम पनि घटेर १३ डिग्री सेल्सियसमा झरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

हिमपात विषेश गरेर पहाडी क्षेत्रमा धेरै परेको छ । राजधानीको उत्तरी क्षेत्रबाट चियो वायु चलेको पनि मौसम विज्ञान विभागका अधिकारीहरूले जनाएका छन् ।

बुधबार राती पनि वर्षा हुने र बिहीबार र शुक्रबारदेखि तापक्रम विस्तारै फेरि बढ्दै जाने उनीहरूले अनुमान गरेका छन् ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button