तपाईँ सुन्दै हुनुहुन्छः

चन्द नेतृत्वको नेकपा सचिवालय सदस्य द्वय ओली र बाँस्तोला पदमुक्त

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी विरोधी गतिविधि गरेको भन्दै सचिवालय सदस्य हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई पदमुक्त गरेको छ । 

पार्टी महासचिव चन्दले आज विज्ञप्ति जारी गर्दै सचिवालय सदस्य द्वय वली र बाँस्तोलालाई अनिश्चितकालका लागि पदमुक्त गरिएको जनाउनुभएको छ । 

नेता द्वयको गतिविधिका कारण उहाँहरूलाई पदमुक्त गर्नुपर्ने अवस्था सिर्जना भएको महासचिव चन्दले जनाउनुभएको छ । 

नेकपाका कतिपय नेता, कार्यकर्ताले पार्टीको निर्देशनबमोजिम आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि सचिवालय सदस्य बाँस्तोलाले उम्मेदवारी तत्काल फिर्ता लिन चेतावनीसहितको वक्तव्य जारी गरेपछि पाटीभित्र तीव्र विवाद देखिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button