तपाईँ सुन्दै हुनुहुन्छः

जर्मनीले युक्रेनलाई अत्याधुनिक ट्याक दिने

बर्लिन । जर्मनीले दोस्रो विश्वयुद्ध पछि बनाएको युद्ध नीति परिवर्तन गर्दै युक्रेनलाई ५० अत्याधुनिक ट्याङ्क प्रदान गर्ने भएको छ ।

जर्मनीको एक सैन्य विमानस्थलमा अमेरिका लगायतका नेटो राष्ट्रसँगको छलफलमा जर्मनीले उक्त घोषणा गरेको हो ।

यसैबीच रुसी राष्ट्रपति भ्यालदमिर पुटिन र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस बीच भेटवार्ता भएको छ । भेटपछि बोल्नुहुँदै रुसी राष्ट्रपति पुटिनले युक्रेनमा युद्धको औचित्य पुष्टि गर्न खोज्दै कूटनीतिक समाधानको अपेक्षा गर्नु भएको बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button