तपाईँ सुन्दै हुनुहुन्छः

सोलु काँग्रेसले उठायो गाउँपालिका प्रमुखमा महिला उम्मेदवार

सोलुखुम्बु । सोलुखुम्बुका आठ स्थानीय तहमध्ये एक पालिकाको अध्यक्षमा नेपाली काँग्रेसले महिला उम्मेदवार उठाएको छ ।

काँग्रेसले लिखु पिके गाउँपालिको अध्यक्षमा मिना बस्नेतलाई उम्मेदवार बनाएको हो । बस्नेत अघिल्लो पटकको स्थानीय निर्वाचनमा उपाध्यक्ष पदमा पराजित हुनुभएको थियो ।

काँग्रेसबाट एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखमा काँग्रेस जिल्ला सभापति नाम्गेलजाङ्बु शेर्पा र उपप्रमुखमा १ नम्बर प्रदेश सभा सदस्य गान्धीमाया तामाङको उम्मेदवारी रहेको छ । उम्मेदवार शेर्पा यस अघि पनि जिल्लाभरिमै काँग्रेसबाट जित्ने एक मात्र पालिका प्रमुख हुनुहुन्छ ।

त्यस्तै, नेचा सल्यानमा धनजन राई र विना राई, सोताङमा खिलाराज बस्नेत र अञ्जु नाछिरिङ, महाकुलुङमा सूर्य बहादुर राई र बिपना कुलुङ, थुलुङ दूधकोशीमा वीरबहादुर गुरुङ र एकाकुमारी बस्नेत, खुम्बु पासाङल्हमूमा चुङ्बा शेर्पा र निर्मला कार्की थापामगर चुनावी मैदानमा रहनुभएको छ ।

सोलुखुम्बुमा एक स्थानीय तहमा मात्र चुनावी गठबन्धन भएको छ । माप्य दूधकोशी गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रबिचमा गठबन्धन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button