काभ्रेका तीन पदमा एकल उम्मेदवारी

काभ्रेपलाञ्चोक । काभ्रेमा तीन जना दलित महिला सदस्य पदका लागि एकल उम्मेदवारी परेको छ । काभ्रेको धुलिखेल नगरपालिका र खानीखोला गाउँपालिकाको तीनवटा वडामा एकल उम्मेदवारी परेको हो ।
धुलिखेल नगरपालिकाको वडा नम्बर ६ मा दलित महिला सदस्य पदमा उठ्नुभएकी नेकपा एमालेकी उम्मेदवार पार्वती विश्वकर्मा एक जनाको मात्र मनोनयन परेको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरी काभ्रेको खानीखोला गाउँपालिका वडा नं. १ र २ मा पनि दलित महिला सदस्य पदमा एकल उम्मेदवारी परेको हो । एकल उम्मेदवारी परेकाहरूमा क्रमशः मसली विक र भगवती विश्वकर्मा रहनुभएको छ । उहाँहरू दुवै जनाले पनि नेकपा एमालेकोतर्फबाट उम्मेदवारी दिनुभएको थियो । उहाँहरूको विजयको औपचारिक घोषणा हुन् भने बाँकी नै छ । उहाँहरूमाथि कसैको दाबी विरोध नपरे निर्विरोध निर्वाचित हुनुहुनेछ ।








प्रतिक्रिया राख्नुहोस्