रोल्पामा १ लाख ४५हजार ४सय ४४ मतदाता

रोल्पा । यहीँ बैशाख ३० गते सम्पन्न हुनगईरहेकाे स्थानीय तहकाे निर्वाचनको लागि रोल्पा जिल्लामा १८ वर्ष पुरा गरी फोटो सहितको मतदाता परिचयपत्र प्राप्त गरेका मतदाताको कुल जम्मा सङ्ख्या १ लाख ४५ हजार ४ सय ४४ रहेको छ ।
महिलाको सङ्ख्या ७३ हजार ५ सय १० रहेको छ भने पुरुषको सङ्ख्या ७१ हजार ९ सय ३४ रहेकोमा पुरुष भन्दा महिलाको सङ्ख्या १ हजार ५ सय ७६ ले बढी रहेको छ ।
जिल्ला निर्वाचन कार्यालय रोल्पाको अनुसार १० वटा स्थानीय तहमध्ये सबैभन्दा कम मतदाता थवाङ गाउँपालिकामा ७ हजार १ सय ७० छन् भने सबैभन्दा धेरै मतदाता रोल्पा नगरपालिकामा १९ हजार ४ सय ९८ रहेका छन् त्यसै गरी अन्य गाउँपालिकाहरूमा मतदाता सङ्ख्या त्रिवेणी गाउँपालिकामा १६ हजार ९४ जना ,रूण्टीगढी गाउँपालिकामा १९ हजार १ सय १९ जना ,गङ्गादेव गाउँपालिकामा १२ हजार ८ सय ४५ जना,परिवर्तन गाउँपालिकामा १४ हजार ३ सय २६ जना ,माडी गाउँपालिकामा १२ हजार ५ सय ७९ जना ,सुनछहरी गाउँपालिकामा १० हजार ५ सय ५५ जना ,सुनिलस्मृति गाउँपालिकामा १७ हजार ६ सय २८ जना ,लुङ्ग्री गाउँपालिकामा १५ हजार ६ सय ३० जना मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्