चकलेट टिप्न जाँदा बालिकाको मृत्यु
सर्लाही । बिहेमा लुटाइएको चकलेट टिप्न जाँदा सर्लाहीको बसबरिया गाउँपालिकामा एक बालिकाको मृत्यु भएको छ ।
सर्लाहीको बसबरिया गापा–४ धनगढामा आज चकलेट टिप्न जाँदा डिजेसहितको रथले किचिएर गोडैता नगरपालिका–१० सिसौटिया निवासी प्रेम पण्डितको करिब ७ वर्षीया छोरी लक्ष्मी पण्डितको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसबरिया गापाको धनगढा निवासी भागिरथ राय कुर्मीको छोरा विकेश राउतको बिहेमा आज साँझ लुटाइएको चकलेट टिप्ने क्रममा बालिकाको रथले किचिएर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो।
रासस








प्रतिक्रिया राख्नुहोस्