पत्रकार पाण्डेमाथि गरिएको आक्रमणप्रति प्रेस युनियनद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाल प्रेस युनियनले पत्रकार रोशनराज पाण्डेमाथि गरिएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।
युनियनका कार्यवाहक महासचिव भीष्मराज ओझाले आज विज्ञप्ति जारी गर्दै प्रेस युनियन काठमाडौँ शाखाका सदस्य एवं नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका सचिव पाण्डेमाथि आइतबार राति काभ्रेपलाञ्चोकमा भएको आक्रमणप्रति दुःख व्यक्त गर्नुभएको हो ।
“पत्रकार पाण्डेको ज्यान नै लिने उद्देश्यले भएको साङ्घातिक आक्रमणको नेपाल प्रेस युनियन घोर भर्त्सना गर्दछ, आक्रमणमा सङ्लग्न दोषीलाई कानुनी कठघरामा ल्याउन प्रेस युनियन सरकारसँग माग गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।
युनियनले घाइते पत्रकार पाण्डेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्