तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा माओवादी कार्यकर्ताबिच झडप

सिन्धुपाल्चोक । मनोनयन दर्ता गर्ने क्रममा माओवादी केन्द्रका कार्यकर्ताबिच झडप भएको छ ।

बाजागाजासहित बजार परिक्रममा गरी चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यालयमा सञ्चालित निर्वाचन कार्यालयमा पुग्ने बित्तिकै टिकट पाउने र नपाउने माओवादी कार्यकर्ताबिच झडप भएको हो ।

नगरपालिकाको वडा नं. १, ४, १० र १४ को वडाध्यक्ष छनौटमा असन्तुष्टि जनाएका कार्यकर्ताहरूले तोडफोड र ढुंगामुडा गरेका हुन् । एकिकृत समाजवादीसँग चुनावी तालमेल भएअनुसार माओवादी केन्द्रले उपमेयरसहित वडा नं. १ र १० को वडाध्यक्ष समाजवादीलाई छोडेको थियो । कार्यकर्ताहरू आफ्नो पकड रहेको वडा नं. १ र १० को वडाध्यक्ष समाजवादीलाई छोडेको र वडा नं. ४ र १४ को वडाध्यक्ष छनौट सही नभएको भन्दै तोडफोडमा उत्रिएका हुन् । ढुंगामुडा र तोडफोडबाट नगरपालिका भवनको झ्याल र ढोकाका सिसाहरू फुटेका छन् ।

त्यस्तै सुनकोसी गाउँपालिकाका एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार मञ्जु नेपालसहितको टोलीले एमालेका नेताहरूलाई कुटपिट गरेका छन् । नेताहरू पुरुषोत्तम प्याकुरेल, कृष्ण सुवेदी, प्रेमलाल लामामाथि कुटपिट भएको पत्रकार दिनेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button